नियम ७
बोलकबोल स्वीकार गर्ने
(१) नियम ४ बमोजिम बोलकबोल फाराम प्राप्त भए पछि बैङ्कले सबभन्दा बढी मूल्य उल्लेख भएको बोलकबोल स्वीकार गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले ऋणपत्र निष्काशन भएको रकममा पच्चीस प्रतिशतसम्म रकम थपघट गरी बोलकबोल स्वीकार गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम प्रतिस्पर्धी बोलकबोल स्वीकार गर्दा एकभन्दा बढी बोलकबोलदाताले एउटै मूल्य उल्लेख गरेमा बैङ्कले कट्टी मूल्य कायम गरी त्यस्ता बोलकबोलदाताहरुलाई समानुपातिक आधारमा ऋणपत्र पर्ने गरी बोलकबोल स्वीकार गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम अप्रतिस्पर्धी बोलकबोल स्वीकार गर्दा बैङ्कले त्यस्तो ऋणपत्र खरिद गर्न बोलकबोल फाराम पेश गर्ने सबै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई समानुपातिक रुपमा पर्ने गरी बोलकबोल स्वीकार गर्नु पर्नेछ ।